logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा पक्राउ

    गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा पक्राउ

    4.4K
    Shares

    एजेन्सी । एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

    अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ । उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हाइटीका नागरिक भएको बुझिएका छ । बाँकी  नेपाल, घाना र अन्य देशका नागरिक छन् । 

    ‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने । उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend