logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • पासो लागेकाे डाेरी महँगोमा बिक्ने भन्दै महिलाको हत्या ! तीन जना पक्राउ 

    पासो लागेकाे डाेरी महँगोमा बिक्ने भन्दै महिलाको हत्या ! तीन जना पक्राउ 

    4.5K
    Shares

    काठमाडौं । पासो लगाएर मान्छे मारेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या गरेका तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ  ।

    तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी करोडौँमा बेच्न पाउने लोभमा उनीहरुले ललितपुर सुनकोठीमा बस्ने नुवाकोट बेलकोटगढीकी ४५ वर्षीय कमला तामाङको डोरीले घाँटीमा कसेर हत्या गरेका थिए ।

    उक्त घटनामा संलग्न तीनै जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगर छन् ।

    महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार कसैले उनीहरुलाई डोरी महँगोमा बेच्न सकिने अन्धविश्वासका कारण नै महिलाको हत्या गरेको र अन्य कुनै दुश्मनी नभएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

    विशुद्ध अन्धविश्वास कै कारणले नै उनीहरुले महिलाको हत्या गरेको हुन् हत्या गरेको डोरी ऐना अगाडि राख्दा केही नदेखिने अन्धविश्वाससमेत उनीहरुमा कसैले पारेको थियो प्रवक्ता पंगेनीले सुनौलो नेपालसँग भने  । 

    मृतक तामाङ र हत्यामा संलग्न तीनै जना सामान्य ज्याला मजदूरी गर्ने व्यक्ति हुन् । सुमन मगरको हत्या भएकी महिलासँग लामो समयदेखि हिमचिम रहँदै आएको प्रहरी अनुसन्धानमा देखिएको प्रवक्ता पंगेनीले बताए ।

    प्रहरीले गत भदौ २५ गते बिहान कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको थियो । घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको थियो ।

    प्रहरीका अनुसार भदौ २५ गते राति तामाङको हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको र हत्यापछि डोरी, कानमा लगाएको गहना र मोबाइलसमेत लुटेर उनीहरू फरार भएका थिए ।

    निरन्तरको अनुसन्धान पछि अपराध महाशाखाले असोज २१ मा सुमनलाई पक्राउ गरेको थियो । सुमनकाे बयानका आधारमा २२ गते सविन र प्रविनालाई पनि पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend