logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • रुसमा विमान दुर्घटना, १६ जनाकाे मृत्यु 

    रुसमा विमान दुर्घटना, १६ जनाकाे मृत्यु 

    3.4K
    Shares

    एजेन्सी । रुसकाे तातरस्तान इलाकामा आइतबार एउटा सानाे विमान दुर्घटनामा परेकाे छ । उक्त विमान दुर्घटनामा १६ जनाकाे मृत्यु भएकाे र अन्य सात जना घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    विमानमा २१ प्यारासुट ड्राइभरसहित २३ जना सवार थिए । समाचारमा जनाइए अनुसार मृत्यु हुने १६ जनामध्ये २ जना पाइलट पनि रहेका छन् । घाइते ७ जनाकाे पनि अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ । 

    विमान उड्नेवित्तिकै दुर्घटनामा परेकाे प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान पुरानाे भएका कारण दुर्घटनामा परेकाे बताइएकाे छ । एल–४१० माेडलकाे याे सानाे विमान लाेकल एयराेप्लेनसँग सम्बन्धित रहेकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend