logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एसियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा

    एसियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा

    3.1K
    Shares

    काठमाडौं । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । 

    दक्षिण कोरियामा आइतबार भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० देशमध्ये निर्वाचनमा ६५ जनाले मतदान गरेका थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्रका प्रतिनिधि सहभागी थिए । राणा यस अघिल्लो कार्यकाल युनियनमा मनोनित सदस्य थिए ।

    राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत अर्को कार्यकालका लागि निर्वाचित भएका थिए । 

    राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।

    नेपालको उत्कृष्ट खेलमध्येको तेक्वान्दो खेलमा अहिले संघ अन्तर्गत ५६ जिल्ला आवद्ध छन् । संघको सात प्रदेशमा छुट्टै प्रादेशिक संरचना समेत रहेको छ । संघको अध्यक्ष निर्वाचित भएको एक सातामै एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका राणाले आफ्नो जित नेपाली तेक्वान्दोको विकासमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 

    ‘एसिया विश्व तेक्वान्दोकै पावर हाउस हो । यसमा नेपालको प्रवेशले नेपाली तेक्वान्दोको आर्थिक, प्राविधिक र अन्य हिसावले पनि पहुँच पुग्ने विश्वास लिएको छु । नेपाली तेक्वान्दोलाई माथि उठाउन म सुक्दो प्रयत्न गर्नेछु,’ राणाले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend