logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतसँग हारेपछि नेपालमाथि बंगलादेशलाई रोक्ने चुनौती 

    भारतसँग हारेपछि नेपालमाथि बंगलादेशलाई रोक्ने चुनौती 

    3.5K
    Shares

    काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा भारतसँग पराजित भएपछि फाइनलमा पु्ग्न नेपालसामु बंगलादेशलाई रोक्नुपर्ने चुनौती थपिएको छ । 

    माल्दिभ्समा जारी च्याम्पियनसिपमा सोमबार राति नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । रक्षात्मक रणनिति अपनाएको नेपालले खेलहभर भारतको दबाब झेलेको थियो । 

    मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा निर्णायक गोल गरे । पहिलो हाफमा पनि सुनिल क्षेत्री र मनविर सिंहले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

    यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । नेपाल भारतसँग पराजित भएपछि पाँच देश सहभागी साफको फाइनल पुग्ने समिकरण समेच रोचक बनेको छ । 

    अब बुधबार हुने अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । तीन खेलबाट नेपाल र माल्दिभ्सको समान ६ अंक छ । भारत  ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेशको तीन खेलबाट चार अंक छ । 

    एक अंक बनाएको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ । सिधै जित्ने टोली फाइनलमा पुग्नेछ । नेपालले बंगलादेशलाई बराबरीमा रोकेमात्र फाइनल यात्रा तय गर्नेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend