logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    3.8K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

    चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ । जसकारण अहिलेसम्म संसद् राम्ररी सञ्चालन हुन सकेको छैन । एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।

    पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend