logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बुटवलको मोतिपुरमा लागेको कर्फ्‍यू राति १२ बजेदेखि हट्ने, निषेधाज्ञा कायमै

    बुटवलको मोतिपुरमा लागेको कर्फ्‍यू राति १२ बजेदेखि हट्ने, निषेधाज्ञा कायमै

    6.1K
    Shares

    बुटवल । रुपन्देही प्रशासनले बुटवलको मोतिपुरमा लगाएको कर्फ्‍यू मंगलबार राति १२ बजेदेखि हटाउने भएको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गर्दै अस्ति आइतबारदेखि लगाइएको कर्फ्‍यू मंगलबार राति १२ बजेपछि हटाइने बताएका छन् ।

    बुटवल उप-महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुँँदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु भएपछि कर्फ्‍यू लगाइएको थियो ।

    कर्फ्‍यू हटाएपनि बुधबार देखि निशेधाज्ञा भने यथावत रहने सूचनामा उल्लेख छ ।

    Rupandehi Carfu.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend