logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • दसैँमा टीका लगाउँदिन, अध्ययन गर्छु : लेखनाथ न्यौपाने

    दसैँमा टीका लगाउँदिन, अध्ययन गर्छु : लेखनाथ न्यौपाने

    5K
    Shares

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले कार्यकर्तासँग भेट र अध्ययन गरेर दसैँ मनाउने बताएका छन्। 

    ‘व्यक्तिगत हिसाबले खास म दसैँ मान्दिनँ । यसो भन्दा धर्मान्तरको कुरा आउँछ । क्रिस्चियन भएर नमानेको होइन’, न्यौपाने भन्छन् ‘अब चाडपर्वको फुर्सद बिदामा कार्यकर्ता भेट्ने, अध्ययन गर्ने काम हुन्छ ।’

    उनले सबै धर्मको सम्मान गर्ने भए पनि दसैँमा टीका नलगाउने बताए ।

    ‘सबै धर्मप्रति सम्मान गर्ने तर कुनै धर्म नमान्ने मान्छे परे । धर्मसँग जोडिएका चाडपर्वसँग म खास संलग्न हुन्न । टीका पनि लगाउँदिन’, उनले भने, ‘तर बहुसंख्यक हिन्दु धर्म मान्ने भएकाले यस्ता चाडपर्वले हामीलाई पनि प्रभाव पारिहाल्छ । त्यसलाई फेरि नकार्न सकिँदैन ।’

    Lekhnath neupane_.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend