logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • दसैं भनेर हरेक छाक मासु मात्रै नखानुहोस्

    दसैं भनेर हरेक छाक मासु मात्रै नखानुहोस्

    4.9K
    Shares

    दसैं आयो, खाउला पिउला… भनेर बालबालिका बढी रमाउने गर्छन । दसैंमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैं भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैंमा साकाहार भोजनको पनि आफ्नै महत्व छ ।

    शाकाहारीहरूले मिठो खाएर दसैं मनाउने गरेका छन् । दसैंमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैं मन्ने गरेका छन् । 

    यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा साकाहारी भोजन निकै सन्तुलित हुने उप्रेतीको तर्क छ ।

    शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उनी बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।

    शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend