logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भारतविरुद्ध ऐतिहासिक जितको लडाइँमा नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

    भारतविरुद्ध ऐतिहासिक जितको लडाइँमा नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

    5.7K
    Shares

    काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारतबीच खेल जारी छ । ऐतिहासिक उपाधिका लागि भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको छ । 

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा भएको भिडन्तमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । 

    खेलमा नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो । 

    श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबारको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ । 

    साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए । 

    साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् । bharat jane0 (1).jpg

    नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पु¥याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स ९कास०मा जाने चेतावनी दिएका छन् । उनले दर्शक बस्ने ठाउँबाट खेल नियालिरहेका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend