logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    साफ च्याम्पियनसिप फाइनल: नेपाल बिरुद्ध भारतको लगातार दुई गोल

    साफ च्याम्पियनसिप फाइनल: नेपाल बिरुद्ध भारतको लगातार दुई गोल

    3.3K
    Shares

    काठमाडौँ – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्धको फाइनलमा  भारतले  लगातार दुई  गोल गरेको छ। 

    माल्दिप्सको मालेमा आयोजित खेलमा भारतले खेलको ४८ मिनेटमा र ४९ मिनेटमा लगातार दुई गोल गरेको हो।   

    साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा नेपाल र भारतबीचको खेल पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो ।  

    वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाए पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका थिए  । 

    नेपालको तर्फबाट अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्। मिडफिल्डर पुजन उपरकोटी टिममा फर्किएका छन्।

    नेपालकी टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन्।

    मिडफिल्डरमा रोहित चन्द, पुजन उपरकोटी र तेज तामाङ छन्। फरवार्डमा सुमन लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन्। प्रशिक्षकमा किरण श्रेष्ठ छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend