logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोनाले मृत्यु हुनेको संख्या ४९ लाख नाघ्यो 

    कोरोनाले मृत्यु हुनेको संख्या ४९ लाख नाघ्यो 

    4.4K
    Shares

    काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर २४ करोड ११ लाख बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    जसमध्ये २१ करोड ८३ लाख सङ्क्रमित निको हुँदा ४९ लाख ९ हजारको भने मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ करोड ५७ लाखमा कोरोना पुष्टि भएको छ । 

    जसमध्ये ३ करोड ५३ लाख निको भएका छन् । ७ लाख ४४ हजारको भने मृत्यु भएको छ । यस्तै ३ करोड ४० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा ३ करोड ३४ लाख निको भएका छन् । 

    ४ लाख ५२ हजारको भने मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा २ करोड १६ लाखमा सङ्क्रमण हुँदा २ करोड ७ लाखले कोरोना जितिसकेका छन् । ६ लाख ३ हजारको भने ज्यान गएको कोरोना सङ्क्रमितको सङ्खा अध्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend