logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाढीले पुल बगाएपछि मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

    बाढीले पुल बगाएपछि मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

    3.2K
    Shares

    काठमाडौँ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। 

    गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । 

    मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए । 

     मौसम सुधार आउने बित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए । 

    यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको छ ।

    हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको छ । असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

    पुल बगेपछि सयौँ सवारी साधन र यात्रु अलपत्र परेका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend