logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • यस्ताे छ एकीकृत समाजवादीका ३ सय ३५ नेताको कार्यविभाजन (अन्तरपार्टी निर्देशनसहित)

    यस्ताे छ एकीकृत समाजवादीका ३ सय ३५ नेताको कार्यविभाजन (अन्तरपार्टी निर्देशनसहित)

    2K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन गरिएकाे छ । 

    विभाजन अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै, झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । 

    त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend