logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

    पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

    5.6K
    Shares

    जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

    सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादसैँ चलिरहेकै बेला गत बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    भाउजूको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend