logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • माैसम पूर्वानुमान : हल्का वर्षादेखि हिमपातकाे सम्भावना 

    माैसम पूर्वानुमान : हल्का वर्षादेखि हिमपातकाे सम्भावना 

    3.9K
    Shares

    काठमाडाैं । बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार बिहान देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ कार्तिक १ गते सोमबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ ।

    २०७८ कार्तिक २ गते मंगलबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । 

    प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    २०७८ कार्तिक ३ गते बुधबार

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

    राति: देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend