logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जनाको मृत्यु

    जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, २२ जनाको मृत्यु

    3.3K
    Shares

    काठमाडाैं । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ । यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ ।

    भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए ।

    अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend