logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • भारतको केरलामा भीषण वर्षा र बाढी, २७ जनाको मृत्यु

    भारतको केरलामा भीषण वर्षा र बाढी, २७ जनाको मृत्यु

    5.9K
    Shares

    काठमाडाैं । भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । बाढीमा ८ जना बेपत्ता भएका छन् ।  

    भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमा पाँच जना बालबालिका पनि छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । भारी वर्षाका कारण आएको बाढीले गाउँ र सहर छिन्नभिन्न पारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले अझ वर्षा हुनसक्ने बताएका छन् । वर्षाका कारण कतिपय सडकमा आवागमन बन्द रहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend