logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

    साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

    3.6K
    Shares

    काठमाडौं । पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने । 

    शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो । उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend