logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

    अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

    4.4K
    Shares

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

    एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, अधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ-आफ्ना भनाइ राखेका थिए ।

    स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा करिब तीन सयजना नेपालीहरू रहेको बताए । तीमध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए । अधिकारीले नेपालीहरूले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए ।

    अधिकारकर्मी घइस गिलानीले फगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड-१९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरू पाकिस्तानतर्फ पलायन भएको बताए । उनले तालिवानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए ।

    कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुईजना नेपालीले आत्महत्या गरेको जानकारी दिए । अफगानिस्तानमा तालिवानले सरकार कब्जामा लिए पछि एक हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा छन् । विभिन्न कम्पनीमा १५ सयभन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend