logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ नायक राजेश हमालले गाएको गीत 

    यस्तो छ नायक राजेश हमालले गाएको गीत 

    3.5K
    Shares

    काठमाडौं । अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ ।

    काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो । उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो । 

    गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

    हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उनको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend