Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
  • विचार
  • छुवाछूतरहित छठ : सांस्कृतिक एकताको महान...
images

छुवाछूतरहित छठ : सांस्कृतिक एकताको महान पर्व

छुवाछूतरहित छठ : सांस्कृतिक एकताको महान पर्व

images
images
  • राजेश बर्मा
  • कार्तिक २४, २०७८ बुधवार १२:३६ बजे
  • 502
    SHARES
  • छुवाछूतरहित छठ : सांस्कृतिक एकताको महान पर्व

    ‘जसरी साँझ र बिहानीको समयमा नियमित रूपमा सूर्य देउता तिमी उदाउँथ्यो, आज उदाउन किन ढिलो गरेको ? तिम्रो दर्शन गर्न निः सन्तान र दुः खी महिला घुम्टो ओढेर पानीमा उभिएकी छन् । उनलाई काखभरी सन्तान देऊ । जसका कारण उनको ‘निः सन्तान’ को नाम सजिलै मेटाउन सकियोस् ।’

    images
    images

    प्रसिद्ध छठको यो गीत तराई–मधेसका जिल्लामा विभिन्न समुदायले एउटै घाट (पूजास्थल) मा सामूहिक रूपमा गाउँदै बुधबार साँझ अस्ताउँदो सूर्य र बिहिबार उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व मनाउँदैछन् । अन्य समयमा दुई असमान जातजातिबीच छुवाछूत र लैंगिक भेदभाव देखिए पनि छठ मनाइने घाटमा यस्तो हुन्न् ।

    मिथिलाञ्चलका मुख्यतः मधेसी समुदायले महान् पर्वको रूपमा मनाउने छठको महिमाका कारण पछिल्लो समयमा पूर्वी तराई, मध्य तथा पश्चिमी तराई र राजधानीमा बसाईसराई गरी आएका रैथाने पहाडी मूल र मुस्लिम समुदायका सर्वसाधारण र गैरमधेसीले पनि मनाउन थालेका छन् । छठको आस्था र विश्वास आ–आफ्नै भए पनि प्रायः तीन प्रकारका आस्था राख्नेहरूले यो पर्व मनाउने गरेको पाइन्छ । 

    परम्परागत रूपमा पूजा गर्नेहरूको तत्काल असाध्य रोग निवारण हुने विश्वास, पुत्र प्राप्तिको आशा र चिताएको कार्यसिद्धिको भाकल पूरा हुने विश्वासमा छठ मनाइन्छ । महिलाले साडी तथा पुरुषले लंगोटी बेरेर लम्पसार परी (नामी दण्डवत) गर्दै आफ्नो घरबाट नदी किनारसम्म जाने प्रचलन छ ।

    Chaht.jpgधार्मिक पक्ष
    यो पर्व प्राचीन र रोमाञ्चकपूर्ण मानिएको छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ ।संस्कृतिविद् डा.रामदयाल राकेशका अनुसार अत्रिमुनीका पत्नी अनुसुयाले परापूर्वकालमा छठ पर्वको सुभारम्भ गरेकी थिइन् । 

    छठमा सूर्यदेवकै उपासना गरेका कारण आफ्ना पतिबाट अगाध स्नेह र माया पाएकी थिएन उनले । द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । महारानी द्रौपदी सपरिबार यो पर्वको उपासना गरेकी थिइन् । उपासनाकै कारण उनका पति युधिष्ठिरले आफ्नो प्रतिज्ञा पूरा गर्दै कौरवमाथि विजय हासिल गरेका थिए भन्ने जन श्रुति पाइन्छ ।

    प्राचीनकालमा एक शक्तिशाली तर, दुष्ट प्रवृत्तिका राजालाई पूर्वजन्मको पापका कारण उनलाई कुष्ठ तथा क्षयरोग लागेको थियो । एक ब्राह्मणको सल्लाहमा राजाले कार्तिक शुक्लपक्षदेखि पञ्चमीको ‘खरना’ देखि सप्तमीको प्रातः कालसम्म पूर्ण विधि विधानअनुसार छठको अनुष्ठान गरेपछि उनी रोगमुक्त भएको विश्वास छ । 

    त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।  मार्कण्डेय पुराणमा यो पर्वको बारेमा बर्णन गरिएको छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीले आफूलाई छ भागमा विभाजित गरेकी छन् । उनको छैटौं अंश उत्कृष्ट मातृदेवीका रूपमा मानिन्छ जसलाई ब्रह्माको मानसपुत्री भनिन्छ । छठी देवीले पृथ्वी र प्राणी मात्रको रक्षा गर्ने छन् । शिशु जन्मिएको ६ दिनपछि उही देवीको पूजा हुन्छ । उनै देवीसँग बच्चाहरूको स्वस्थ र दीर्घायुका लागि प्रार्थना गरिन्छ ।

    पर्वको विधि
    पूर्वी, मध्य तथा पश्चिमी तराईका बासिन्दालाई अहिले नजिकिँदो छठका कारण भ्याइनभ्याइ छ । अस्वस्थ्य, निर्धनता र निःसन्तानबाट मुक्ति पाइने जनविश्वासमा छठ मिथिलाञ्चल बढी लोकप्रिय भएको हो । सरल विधि, महत्वाकांक्षी भावना र छुवाछूतरहित भावनाले सामूहिक रूपमा मनाउनु पर्वको प्रमुख विशेषता हो ।

    व्रतालु महिला र पुरुषले गत सोमबार पर्ने चौथीका दिन नुहाइधुवाइ गरी पवित्र खानेकुरा खाएर मंगलबार खरना अर्थात दूध, मिठ्ठा र चामलबाट निर्मित विशेष खीर र फलफूल व्रतालु र अन्य सदस्यले सेवन गर्नुपर्छ । खीर पनि माटाकै भाँडोमा पकाउनुपर्छ । 

    अर्काे दिन अर्थात बुधबार दिनभर निराहार व्रत बस्ने प्रचलन छ । षष्ठी (खष्टी) अर्थात बुधबार साँंझ व्रतालुहरू स्थानीय जलाशय, नदी, खोला र पोखरीमा निर्माण गरिएको पूजास्थल (घाट) मा गहुँ र चामलको पिठोबाट निर्मित ठकुवा, चामलकै पिठोबाट बनेको भुसुवा, केरा–सुन्तला, भोकटे, स्याउ, उखु, कूला, बेसार, अदुवा, मुला, धागो आदि प्रसादको रूपमा बाँसको चोयाबाट निर्मित विशेष प्रकारको भाँडा (चंगेरा, डगरी र सुपती) मा सजाएर राख्ने चलन छ ।

    छठमा माटोबाट निर्मित स–साना हात्तीका प्रतिमा, दीयो, कोसिया आदिको विशेष महत्व हुन्छ । यी सबै सामग्री मंगलबार अपराह्नदेखि नै व्रतालु परिवारका सदस्यले घाटमा लगेर सजाएर राख्छन् । सूर्यास्तपछि नै सबै सामग्री घाटमा पु¥याइसक्नुपर्ने संस्कृतिविद् रेवतीरमण लाल बताउँछन् ।

    जलाशय, नदी, खोला र पोखरीमा अहिले सूर्य देवताको प्रतिमा स्थापना गरी हिजोआज पूजा गर्ने चलन पनि सुरु भएको छ । बुधबार साँझ ‘सझिया घाट’ अर्थात अस्ताउँदो सूर्य (भास्कर) भगवानलाई हेरी ब्रत बस्नेहरूले पहिलो अर्घ दिन्छन् ।

    यो बेला व्रतालु जलाशय, नदी, खोला र पोखरीमा नुहाएर पानीमै उभेर सूर्य देवताको पूजा गर्ने चलन छ । पानीमा उभिएका व्रतालुले बिहिबार बिहान ‘भिन्सरवा घाट’ अर्थात उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पूजा विसर्जन गर्ने चलन छ । प्रसादका रूपमा बनाइएका मिष्ठान्न परिकार र फलफूल आराध्यदेव सूर्य भगवानलाई अर्पण गरी सर्वसाधारणलाई वितरण गर्ने चलन छ ।

    Chhht.jpgछठपर्व र कुष्ठरोगको सम्बन्ध

    तराई समुदायमा कुष्ठरोगलाई भगवान सूर्यको श्रापको रूपमा मानिँदै आएको छ । छठमा तयार गरिने पूजा र प्रसाद सामग्री भूलवश चोरेर वा जानेर जुठो बनाउने व्यक्तिलाई नै सूर्यदेवले श्राप दिँदा कुष्ठरोग लागेको जनविश्वास हालसम्म कायम छ । यही कारण पनि छठको पूजा सामग्री र प्रसाद शुद्ध र जतनका साथ व्रतालुले राख्ने गर्छन् ।

    यस विषयमा अर्को पनि मान्यता छ । कुष्ठरोग र छालासम्बन्धी रोग लागेका व्यक्तिले छठको उपासना गरी सप्तमीको दिन बिहान उदाउँदो सूर्यको प्रकाशसँगै नुहाइधुवाइ गरेमा यो रोग निको हुने जनविश्वास छ । यसमा वैज्ञानिक आधार पनि छ । सूर्यको प्रकाशमा भिटामिन डी हुने भएकाले त्यसले छालाजन्य रोगमा लाभ दिन्छ ।

    मुस्लिम र दलित समुदायको आस्था

    तराईबासी र गैरमधेसीले मात्र छठ पर्व मनाउँदैनन् । अब यो पर्व मुस्लिम समुदायले पनि उत्साह र आस्थाका साथ मनाउन थालेका छन् । सुनसरी, मोरङ, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, सिराहालगायतका जिल्लामा हिन्दु महिलासँगै मुस्लिम समुदायका महिलाले पनि सामूहिक रूपमा विधिअनुसार छठ मनाउन सुरु गरेका छन् ।

    सबै समुदाय, महिला तथा पुरुष जलाशयमा आधा शरीर डुवाएर सूर्य देउताको उपासना गर्छन् । यादव, मारबाडी, पहाडी, बाहुन र कायस्थ समुदायसँगै मुसहर, चमार, दुसाध र मण्डल समुदायका व्रतालु महिला र पुरुषले एउटै घाटबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व मनाउन थालेका छन् ।

    chhatha-4_20201120044207.jpgजापानमा पनि सूर्य उपासना

    जापानी संस्कृतिमा पनि सूर्यको उपासना गरिन्छ । सूर्यशक्तिको बारेमा जानकार जापानीले आजको वैज्ञानिक युगमा पनि श्रद्धा र भक्तिका साथ सूर्यको आराधना गर्दै आएका छन् । जापानलाई सूर्योदयको देश पनि भनिने भएकाले त्यहाँ सूर्यको उपासनाको प्राचीन परम्परा छ । बिहानै स्नान गरी सूर्यलाई अर्घ दिँदा सूर्यको शक्ति मानव शरीरमा प्रवेश गर्छ भन्ने तथ्य वैज्ञानिकको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

    यति मात्रै होइन, प्राचीन बेबीलोनिया, रोम, इन्डोनेसिया, युनान, जावा, सुमात्रा र भारतलगायतका मुलुकमा पनि यो पर्व निक्कै निष्ठा, आस्था र धार्मिक संस्कृतिअनुसार मनाउने चलन छ ।

     

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छठ

  • images
    images
    images
    images
    सम्बन्धित समाचार