logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • शिक्षामन्त्री र सचिव फ्रान्स भ्रमणमा

    शिक्षामन्त्री र सचिव फ्रान्स भ्रमणमा

    2.6K
    Shares

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स भ्रमणमा गएका छन् ।

    संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन् । 

    मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

    मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फ्रान्सभ्रमणमा गएका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend