logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ७० दिनमा सकियो ‘प्रेमगन्ज’ को छायांकन, लगानी दुई करोड माथी

    ७० दिनमा सकियो ‘प्रेमगन्ज’ को छायांकन, लगानी दुई करोड माथी

    4.2K
    Shares

    काठमाडौं । निर्देशक परिच्छेद सेनको चलचित्र ‘प्रेमगन्ज’ को सम्पुर्ण छायांकन समाप्त भएको छ ।

    गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको हो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो ।

    देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो ।

    यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात चलचित्रमा  दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो ।

    छायांकनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक 1.6 मिनेटका दरले छायांकन भएको थियो । चलचित्रको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।

    बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भुमिका रहेको चलचित्र मार्फत राईडर प्रसान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन । चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँदै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend