काठमाडौं । सर्वोच्च परिसरमा धर्ना बस्न पुगेका वकिल र प्रहरीबीच ठेलमठेल भएको छ । बारले आजदेखि आन्दोलन सशक्त पार्ने चेतावनी दिएपछि सर्वोच्चमा धेरै सुरक्षाकर्मी खटाइएको हो ।
कानून व्यवसायीलाई धर्नास्थलमा जान प्रहरीले रोकेपछि दुई पक्षबीच ठेलमठेल भएको हो । प्रहरीले बल प्रयोग गर्दा केही कानून व्यवसायी घाइते भएको नेपाल बारले जनाएको छ ।
प्रधानन्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्ध केही साता अघिदेखि बार आन्दोलनमा उत्रिएकाे छ ।