logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • खुसी र स्वस्थ समाज निर्माणको लागि डिभीको ‘खुला व्यायामशाला’ अभियान 

    खुसी र स्वस्थ समाज निर्माणको लागि डिभीको ‘खुला व्यायामशाला’ अभियान 

    3.5K
    Shares

    काठमाडौं। शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ ।

    डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाम मार्फत युवामा थोरै भएपनि सकारात्मक सोंच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए । डिभी एजुकेशनले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा काठमाण्डौको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने पनि बताए ।

    व्यायामशाला हाम्रो शरिरको प्राथना गर्ने ठाउँ (मन्दिर) हो भन्ने मान्यताका साथ संचालन गरिएको यो अभियानलाई ‘प्रोजेक्ट टेम्पल’ नाम दिइएको छ । यूवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोंचका साथ सुरु गरिएको यो अभियानले ‘ह्याप्पी एण्ड हेल्दी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको उनको भनाइ  छ। यो अभियानको उद्धेश्य सरकारको खुल्ला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागिता मार्फत सेवा दिनुपनि रहेको उनको भनाइ छ । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend