logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • एम्बुलेन्स किन्नको लागी अष्ट्रेलियाबाट पठाएको रकम उतै फिर्ता

    एम्बुलेन्स किन्नको लागी अष्ट्रेलियाबाट पठाएको रकम उतै फिर्ता

    3.4K
    Shares

    बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा अष्ट्रेलियाबाट सुबिधायुक्त एम्बुलेन्स खरिद गर्न पठाएको २८ लाख दुई हजार रुपैँया फिर्ता गरिएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीले दोस्रो क्षेणीको ट्रमा एम्बुलेन्स किन्ने सो रकम धौलागिरी अस्पताललाई केहि महिना पहिले हस्तान्तरण गरेको थियो ।

    ग्रामिण क्षेत्रको लागी टु ह्विल एम्बुलेन्स किन्न नपाउने सरकारी निती र कुनै पनि सरकारले अपुग रकम सहयोग गर्न नमानेपछि आफुहरु बाध्य भएर सहयोग फिर्ता गरेको धौलागिरी अस्पतालले जानकारी दिएको छ । एम्बुलेन्स खरिदका लागी भन्सार छुटसहित ५५ लाख पर्नेमा करिब २७ लाख रुपैँयाको आवश्यकता थियो । सरकारले बिभिन्न ठाउँमा भाँजो हालेको भन्दै लामो कसरत गर्दा पनि एम्बुलेन्स खरिद गर्न नसकिएकाले एम्बुलेन्स किन्ने रकम उतै फिर्ता गरिएको धौलागिरी अस्पतालले जानकारी दिएको छ ।

    पर्याप्त सुबिधायुक्त एम्बुलेन्स नहुँदा र थोरै संख्यामा एम्बुलेन्स हुदा यहाँका बिरामीलाई निकै समस्या पर्ने गरेको छ । बेलाबेलामा एम्बुलेन्स खाली नहुँदा चार्टर गरेरै हेलिकप्टरमा बिरामी लैजानु पर्ने बाध्यता रहेको स्थानियहरुको भनाई छ । बागलुङमा मात्र नभई पर्वत, म्याग्दीका बिरामीहरुको लागी सहजताका लागी आफुहरुले एम्बुलेन्स किन्नको लागी सहयोग रकम उठाएको तर सुबिधायुक्त एम्बुलेन्स आउनुको सट्टा रकम फिर्ता आएकोमा आफुहरुलाई निकै दुख लागेको सहयोगीहरुको भनाई छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend