logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा ३३२ जनामा संक्रमण, ४ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा ३३२ जनामा संक्रमण, ४ जनाको मृत्यु

    2.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार आज ४ जना संक्रमितको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् । हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

     स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend