logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • देउवा पक्ष वलियाे देखिएपछि राष्ट्रपति पद सुरक्षित गर्दै देउवालाई सभापतिमा सहयोग गर्ने रणनीतिमा पौडेल 

    देउवा पक्ष वलियाे देखिएपछि राष्ट्रपति पद सुरक्षित गर्दै देउवालाई सभापतिमा सहयोग गर्ने रणनीतिमा पौडेल 

    4.4K
    Shares

    काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सभापति शेर बहादुर देउवा पक्ष बलियो बन्दै गएपछि संस्थापन इतर पक्ष अत्तालिएको छ । अहिलेसम्म प्राप्त मत परिणाममा देउवा पक्ष अघिल्लो महाधिवेशनमा भन्दा निकै बलियो देखिएको र पहिलो चरणमै बहुमत प्राप्त गरी पुनः सभापतिमा देउवा नै दोहोरिने आंकलन पौडेल पक्षले गरेको पाइएको छ ।

    जे गरे पनि देउवालाई हराउन नसक्ने देखिएपछि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार हुने भनिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, कृष्ण सिटौलामा छटपटी देखिएको छ ।अहिलेसम्म प्राप्त मत परिणामलाई हेर्दा आफ्नो उपस्थिति लाजमर्दो भएपछि उपसभापति विमलेन्द्र निधि पनि निरास बनेको उनी निकटस्थहरुले जनाएका छन् ।

    अहिले उम्मेदवार बनेर कम मत आयो भने आफ्नो हैसियत झन कमजोर हुने ठानेर पौडेल, सिंह, कोइराला, निधिलगायतका नेता वैकल्पिक उपाय खोजेर राजनीति सुरक्षित गर्ने रणनीतिमा जुटेको पाइएको छ । पौडेलले भविष्यमा राष्ट्पति बन्ने बाटो खुले सभापतिमा देउवालाई नै सहयोग गर्ने मनसाय बनाएको पौडेल निकट एक केन्द्रिय सदस्यले जनाएका छन् । पौडेलको अर्को सर्त आफ्ना छोरा चिन्तन पौडेलको राजनीतिक सुरक्षा रहेको जानकारहरु बताउँछन् ।

    यसका लागि उनले पटक पटक देउवासँग छलफल गरिसकेको बताइएको छ । उसो त उनले इतर समुहबाट उम्मेदवार बन्न चाहेकाहरुलाई यही शर्त राखेको उनी निकटस्थहरुले जनाएका छन् । प्रकाशमानले समेत साथ नदिने भएपछि पौडेल तेस्रो हुन उम्मेदवार नबन्ने मनस्थितिमा पुगेको जनाइएको छ । उसो त प्रकाशमानले पनि सभापतिको निर्वाचन दोस्रो चरणमा लाने र अन्तःमा कुनै बार्गिेनिङ गरी देउवालाई नै सहयोग गर्ने मनसायसाथ अगाडि बढेको जनाइएको छ ।

    सिटौला लामो समयदेखि देउवासँगै सहकार्यमा छन् भने डा. शशांक देउवासँग लचक हुँदै आएको पाइन्छ । ‘धेरै नेताहरु अहिले देउवासँग लेनदेनको बार्गेनिङमा छन् । लेनदेन नमिले मात्र उम्मेदवार हुने देखिन्छ’ दुई पक्षीय छलफलहरुमा संलग्न रहँदै आएका एक नेताले भने । देउवा लचिलो स्वभावका नेता भएकाले लेनदेन हुन सक्ने बताइएको छ । योसँगै देउवा पहिलो चरणमै बहुमत भोट आफ्नो पोल्टामा पार्ने गरी तयारीमा जुटेको उनी निकटस्थहरुले जनाएका छन् ।

    यसैगरी पदाधिकारी उम्मेदवार हुन चाहनेहरुले पनि देउवाकै आशिर्वाद खोजिरहेको पाइएको छ । पौडेल–कोइरालाबाट पदाधिकारी दावी गर्नेहरुले बहुमत देउवासँगै रहेकाले इतरसमुहबाट जित्न नसकिने ठहर गर्दै देउवाकै आशिर्वाद खोजेको देउवा निकट एक नेताको भनाई छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend