logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • विद्युतीय पिकअप गाडी बजारमा

    विद्युतीय पिकअप गाडी बजारमा

    4.7K
    Shares

    काठमाडौं । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडि ज्याक इटी एट् गाडी नेपाली बजारमा ल्याएको छ ।  बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ले ज्याक इटीएट् गाडी सार्वजनिक गरेको हो ।

    ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पन्ीले बताएको छ । गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ ।  पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो । 

    अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडि २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ । चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको यो गाडि नेपालमा दि गो इलेक्ट्रोनिक बिक्रि गर्नेछ । ११० किलोवाट बिद्युत संचय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्रि प्रयोग भएको छ ।

    गाडिले ११० किलोवाट बिद्युतले ३३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेकाछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend