logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत 

    कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत 

    3.8K
    Shares

    खोटाङ । कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनको जमघटका कारण चलायमान बन्न पुगेको छन् ।

    होटेल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार महामारीका कारण घाटा बेहोरिरहेका होटल सञ्चालकलाई अधिवेशनले राहत दिएको छ । ५–६ दिनयता दिक्तेल बजारका होटेल व्यवसायीलाई ग्राहकको सेवा गर्न भ्याइनभ्याइ छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका कारण दिक्तेल बजारका अधिकांश होटेल भरिएका छन् । छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको राईले बताए । 

    जिल्ला अधिवेशनका लागि क्षेत्रीय कार्य समिति (प्रदेश ख)बाट एक हजार तीन सयभन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । प्रतिनिधिसँगै नेता तथा कार्यकर्ता समेत भेला भएका छन् । ६ मंसिरका लागि तोकिएको जिल्ला अधिवेशनन चुनावी प्रकृयाका कारण चार दिन लम्बिदा होटेल व्यवसायीलाई फाइदा मिलेको छ ।

    होटेल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूलागरी १६० वटा जति होटेल छन् । अधिवेशनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ(फुडिङमा कम्तीमा १३–१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । उद्योग बाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड–१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो । 

    कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवेशनन हलेसी र (प्रदेश ख)को अधिवेशन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिवेशनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् । ‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिवेशनले केही राहत दिएको छ । पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख रुपैयाँ खर्च हुन पुगेको देखिन्छ,’ पूर्वअध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बीचमा दुईदेखि अढाई करोडको व्यापार भएको आंकलन गरिएको छ ।’ 

    कोभिड–१९ को महामारीका कारण हलेसीका दर्जनौं सुविधासम्पन्न होटल सुस्ताएको अवस्था छ । हलेसी मन्दिर आउने पर्यटक एवं दर्शनार्थी नै होटलका ग्राहक हुन् । तर, महामारीयता सुनसान जस्तै छ । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापारव्यवसायमा समेत असर परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend