logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर  ३०८ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर  ३०८ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

    3.4K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् भने हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाए सँगै हालसम्म देशभर ११ हजार ५१६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

    यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएकोो मन्त्रालयको भनाइ छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend