logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • महिला टी–२० विश्वकपः नेपाल आज मलेसियाविरुद्ध खेल्दै

    महिला टी–२० विश्वकपः नेपाल आज मलेसियाविरुद्ध खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार  मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ । 

    ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ । 

    ३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलोे खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍यो । 

    आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ । 

    नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो । 

    आज नै हुने खेलमा हङकङले भुटानको सामना गर्नेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend