logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • एमाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ता सडकमै खाना खाँदै (फाेटाेफिचर)

    एमाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ता सडकमै खाना खाँदै (फाेटाेफिचर)

    2.2K
    Shares

    चितवन । चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् । 

    जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् ।   भरतपुरस्थित  बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन । 

    ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए ।  महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए । चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए । होटेलमा बसेर र्खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खाएको उनले बताए । उनीहरू खाना खाइसकेर महाधिवेशनस्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend