logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बार्सिलोनाको छैटौं जित

    बार्सिलोनाको छैटौं जित

    3K
    Shares

    काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा छैटौं जित निकालेको छ । शनिबार राति भ्रमणकारी टोली बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि ३–१ को सहज जित हात पारेको हो ।

    बार्सिलोनाको सहज जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान १ गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

    प्रशिक्षक जाभि होर्नाण्डेजको नेतृत्वमा बार्सिलोनाको स्पेनिस ला लिगामा दोस्रो जित हो । 

    शनिबार राति भएको अन्य खेलमा मालोर्काले गटाफेसँग गोलरहित बराबर खेल्यो । यस्तै भ्यालेन्सिया र रायो भालेकोनोले १–१ गोलको बराबरी खेल्दैे अंक बाढेका हुन् ।

    सेल्टा भिगोले भने डिपोर्टिभो अलाभेसलाई २–१ ले पराजित गर्यो । 

    जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ । पराजित भिल्लारियल १६ अंक जोडेर १२औं स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल मड्रिडको ३० अंक रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend