logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लिभरपुल र एस्टन भिल्लाको जित

    लिभरपुल र एस्टन भिल्लाको जित

    2.5K
    Shares

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन् । शुक्रबार १३ औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन् ।

    घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४–० ले पराजित गर्यो । लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिअगो अल्कान्तराले र भर्जिल भान डाईकले एक एक गोल गरे ।

    अर्को खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । अन्य खेलमा न्युक्साललाई आर्सनलले २–० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले ।

    जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend