logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • आमा सहित दुई छोराछोरी मृत फेला

    आमा सहित दुई छोराछोरी मृत फेला

    2.9K
    Shares

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन् । बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारमा एकै परिवारका छोराछोरी र आमा मृत फेला परेका हुन्

    मृत फेला पर्नेमा २६ वर्षीया आमा कविता पासवान, छोरी ६ वर्षीया सलोनी पासवान र छोरा ४ वर्षीय स्वागत पासवान रहेका छन् । आज बिहान ७ बजेतिर आमा कविताको शव झुण्डिएको अवस्थामा र दुवै छोराछोरी ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय, बरहथवाले जनाएको छ।

    तीनैजनाको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बरहथवाले जनाएको छ।

    मृतक पासवानको पारिवारिक स्रोतका अनुसार कविताका श्रीमान् विगत चार वर्षदेखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend