logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अनुसन्धानमा गम्भीरता देखाउन माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

    अनुसन्धानमा गम्भीरता देखाउन माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

    2.1K
    Shares

    विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–५ का निश्चल रायको शंकास्पद मृत्यु भएको २१ दिन बितिसक्दा पनि घटनाको बारेमा सत्यतथ्य सार्वजनिक नभएको र अनुसन्धान प्रकृया गम्भीरतापूर्वक अगाडि नबढेको भन्दै पीडित पक्षले दवाव बढाउँदै लगेका छन् । पीडित पक्षले प्रदर्शनसहित आधा घण्टा चक्काजाम गरेको दुई दिनपछि शनिबार विराटनगरमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि कोणसभा गरेको छ ।

    प्रदर्शनका क्रममा पीडितहरुले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, दोषि पहिचान गरी कारवाही गर्नुपर्ने, अनुसन्धानलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने जस्ता माग अगाडि सार्दै नाराबाजी गरेका थिए ।

    गत कात्तिक २२ गते दिउँसो घरनजिकैको लिची बगानमा खेल्न गएका १४ वर्षे राय बेपत्ता भएका थिए । लगतै प्रहरीमा खबर गरेपनि प्रहरीले खोजी र अनुसन्धानमा तत्परता नदेखाउँदा दुई दिनपछि उनको शव शंकास्पद अवस्थामा घरनजिकै खोलामा भेटिएको थियो ।

    मृतकका बुबा उपेन्द्र रायले छोराको शव खोलामा भेटिए पनि उनको मृत्यु पानीमा डुबेर नभएको दाबी गरे । उनले घाँटी घाँचिएको, हात बाँधेको, छातीमा जुत्ताको छाप देखिएको, पेटमा सियोले घोचेको थुप्रै खोपिल्टाहरु देखिएकोले सुनियोजित हत्या भएको दपनि दाबी गरे । उनले प्रहरीले गाउँटोलमा आवश्यकता अनुसार सोधपुछ र छानविनमा अनिच्छा देखाएको भन्दै अनुसन्धानलाई अझ गहिराइसम्म लैजान माग गरे ।

    शनिबार टे«ड युनियनहरुमा आवद्ध विभिन्न मजदुर संगठनहरुको प्रतिनिधित्वसहित स्थानीयहरु प्रदर्शनमा सहभागी भएका थिए । पीडित उपेन्द्र राय नेकपा माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर सङ्गठनका केन्द्रीय सचिवालय सदस्य हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसिइबीका कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने बताए ।

    मोरङ प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको बताएको छ । मोरङ प्रहरीका एसपी जनार्दन जिसी घटनालाई प्रहरीले गम्भीरताका साथ लिएको र पोष्टमार्टमको रिपोर्ट आइसकेको र अब भिसेराको रिपोर्ट आए लगतै अनुसन्धान एक स्टेप अगाडि बढ्ने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend