logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ला लिगामा रियल मड्रिड र एथ्लेटिकोको जित

    ला लिगामा रियल मड्रिड र एथ्लेटिकोको जित

    2.7K
    Shares

    काठमाडौ । स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली रियलले १ गोलले पछि परेको स्थिति उटाउदै सेभिल्लामाथी २–१ अन्तरको जित निकालेको हो । 

    imagesरियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस  जुनियरले १–१ गोल गरे । यसअघि सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा अग्रता बनाएका थिए ।

    जितसँगै रियल मड्रिड १४ खेलमा १० जितसहित ३३ अंक बनाएको छ । आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो ।

    एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १(१ गोल गरे । 

    काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काए । जितसँगै एथ्लेटिको १४ खेलबाट २९ अंक बनाएर दोस्रो स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend