logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपतिले भने– हामीमाथि विभेद भयो

    विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपतिले भने– हामीमाथि विभेद भयो

    2.3K
    Shares

    एजेन्सी . दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन् । यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई उनले आग्रह गरेका छन् ।

    प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने । दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

    हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाइ काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

    दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । 

    ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत  विश्वका विभिन्न देशमा भेटिएको छ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend