logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस महािधवेशनः झापा कांग्रेसमा थेवे

    कांग्रेस महािधवेशनः झापा कांग्रेसमा थेवे

    2.6K
    Shares

    झापा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार देउकुमार थेवे विजयी भएका छन् । थेवेले २५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन ।

    थेवे संगै उनको प्यानलका सबै उम्मेदवारले पनि विजयी हासिल गरेका छन् ।जम्मा खसेको ३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ पत प्राप्तगरी विजयी बनेका हुन् । उनका प्रतिष्पर्दी राम कट्टेलले १५ सय १५ मत प्राप्त गरे । त्यसैगरी थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन्, उनले १८ सय ८९ मत प्राप्त गरे । अर्का विजयी उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गरेका छन् । कट्टेल प्यानलका प्रेम सम्वाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गरेका छन् ।

    थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६ सय ७६ मत प्राप्त गरेर विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी विश्वदीप लिङदेनले १४सय ३१ र टुमलाल राजवंशीले १३सय २१ मत प्राप्त गरेका गरे ।

    उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रातगरी विजयी बनेका छन् । उनीहरुका प्रतिष्पर्धी उमाराम प्रसाईले १३ सय ३७ र पदम लिम्बूले १३ सय ४७ मत प्राप्त गरेर उपविजेता बनेका छन् । कोषाध्यक्ष पद भने मनोनित गर्ने विधान रहेको बताईएको छ ।

    कांग्रेस नेता कृष्ण सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend