logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कालीकाेटमा मिनिट्रक दुर्घटना, १ जनाको मुत्यु, गम्भीर घाईतेलाई हेलिकप्टरबाट सुर्खेत पठाईयो

    कालीकाेटमा मिनिट्रक दुर्घटना, १ जनाको मुत्यु, गम्भीर घाईतेलाई हेलिकप्टरबाट सुर्खेत पठाईयो

    3.7K
    Shares

    कालीकोट ।  कालीकोटकाे नरहरिनाथ गाउँपालिका–१ निलाखामा मिनिट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने  एक जना गम्भीर घाइते भएका छन् ।

    लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा‍ ५ ख ८६४३ नम्बरको मिनिट्रक सोमवार दुर्घटनामा परेको हो ।
     
    मिनिट्रक दुर्घटना परी नरहरीनाथ गाउँपालिका -१ का ६५ बर्षिय जयहादुर बिष्टको निधन भएको छ भने  सोही गाउँका सवारी मालिक  नेत्रबहादुर बिष्ट गम्भीर घाईते भएका छन् । गाडीमा चार जना सवार रहेको र चार जना मध्य एकको मुत्यु भएको बताईएको छ ।

    गम्भीर घाईते एकजना घाईतेको थप उपचारको लागि जिल्ला अस्पताल  कालिकोटमा ल्याउदा उपचार सम्भव नहुदा उनलाई हेलिकप्टरबाट सुर्खेत पठाईको छ । चालक र सहचालकलाई सामान्य चोट लागेको हुदा स्थानिय अस्पतालमा उपचार भईरहेको छ।

    जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टर मार्फत घाईतेलाई उपचारका लागि सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी किष्ण प्रसाद आचार्यले बताएका छन् । मुख्य सवारी चालक भने अहिले सम्म फरार रहेको घाईतेका आफन्तले जानकारी दिएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend