logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गगन थापा : अबको १० वर्ष मरेर काम गर्ने हो ,त्यसपछि मोवाईल अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो (भिडिओसहित)

    गगन थापा : अबको १० वर्ष मरेर काम गर्ने हो ,त्यसपछि मोवाईल अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो (भिडिओसहित)

    8.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।

    उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म त अबको १० वर्ष काम गर्छु । मरेर काम गर्छु, जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि मोबाइल स्वीच अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो ।

    त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्‍यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend