logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भारत आएपछि फलदायी र उपलब्धीमुलक कुराकानी भएको छः अध्यक्ष प्रचण्ड

    भारत आएपछि फलदायी र उपलब्धीमुलक कुराकानी भएको छः अध्यक्ष प्रचण्ड

    8K
    Shares
    भारत आएपछि फलदायी र उपलब्धीमुलक कुराकानी भएको छः अध्यक्ष प्रचण्ड

    काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको बताएका छन् । आईतवार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

    उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए । अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहीत भएको पनि बताए । उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताए ।

    उनले भने, ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ । संसारको सबैभन्दा ठूलो जनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो । यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहीत भएको छु । दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रश्तावलाई मैले समर्थन गरेको छु । कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ ।’

    अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए । अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएपनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन । अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend