logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मोटरसाईकल दुर्घटनाका घाइते युवकको मृत्यु

    मोटरसाईकल दुर्घटनाका घाइते युवकको मृत्यु

    5.2K
    Shares
    मोटरसाईकल दुर्घटनाका घाइते युवकको मृत्यु

    काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते भएका डोटीका एक युवकको मृत्यु भएको छ ।
    उत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ आउदै गरेको से ६ प ८७२१ नम्बरको मोटरसाईकल शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका–१ का १९ वर्षीय भीमबहादुर बिक गम्भीर घाइते भएका थिए ।

    उहाँको आज शनिवार उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा गम्भीर घाईते भएका बिकको पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा रिफरी गरिएको थियो ।

    यसैगरी उक्त दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओमप्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि हाल थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend