logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    रेणु दाहालको अर्थपूर्ण स्ट्याटस, प्रचण्डले छोडे चितवन

    रेणु दाहालको अर्थपूर्ण स्ट्याटस, प्रचण्डले छोडे चितवन

    12.6K
    Shares
    रेणु दाहालको अर्थपूर्ण स्ट्याटस, प्रचण्डले छोडे चितवन

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको निर्वाचन क्षेत्र छाडेका छन् ।

    एक स्पष्ट फेसबुक स्ट्याटस लेख्दै दाहालकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रचण्ड चितवनमा चुनाव नलड्ने संकेत गरेकी हुन् ।

    फेसबुकमा रेणु दाहालले लेखेकी छन्, “चितवनबासीका लागि दुर्भाग्य, स्तब्ध भित्री बाहिरी षड्यन्त्रकारीको नियत इतिहासले पक्कै उजागर गर्ने छ ।”

    चितवन आफ्नो स्थापित निर्वाचन क्षेत्र घोषणा गरेर माओवादी केन्द्रका लागि दोस्रो पटक भरतपुर महानगरपालिका निर्वाचित भएपछि प्रचण्डले चितवनलाई केन्द्र बनाएका थिए ।

    केहि दिनअघिदेखि माओवादी अध्यक्ष दाहाल चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा चलेको थियो । अध्यक्ष दाहाल यसपटक भने गोरखा २ बाट निर्वाचन लड्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend