logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

    लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

    455
    Shares
    लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

    काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् ।दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट भएका हुन् ।

    विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ ।

    सो प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका नेपाली धावकका हजुरबुवा डा सुन्दरमणि दीक्षितले राससलाई जानकारी दिए ।

    बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेका डा दीक्षितले जानकारी दिए ।

    संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन प्गेका छन् ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend