काठमाडौं । पूर्वअर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था कहालीलाग्दो भएको बताएका छन् । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘मुलुकको आर्थिक अवस्था कहालीलाग्दो छ,’ उनले भनेका छन्, ‘एमालेले नेतृत्व गरेको बेलामा यो अवस्था थिएन ।’ उनले पूर्ववर्ती सरकार केपी शर्मा ओली नेतृत्वको सरकारे ले अर्थतन्त्रका बारेमा दूरगामी र लोकप्रिय कार्यक्रम ल्याएको भएपनि त्यसलाई अहिलेको सरकारले बेवास्ता गरेको जिकिर गरेका छन् ।