काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेन्द्र खनालले सोमबारबाट अवकाश प्राप्त गरे । खनालले चार वर्र्षे कार्यकालमा ऐतिहासीक काम गर्न सफल भएका छन् । खनाल सशस्त्र प्रहरी बलको महानिरीक्षकमा रहँदा सशस्त्रमा नयाँ जग बसालेर बिदा भएका छन् । उनले आफ्नो कार्यअवधि भर नेपालको सीमानाको रक्षालाई पहिलो प्राथमिकता दिएर काम गरे । उनको कार्यकालमा नेपालको सीमा जोगाउन सशस्त्र सशक्त रुपमा प्रस्तुत भएको देखिन्छ ।
२०७४ साल चैत्र २७ गते खनाल सशस्त्र प्रहरी बलको दशौं महानिरीक्षकको रुपमा नियुक्त भएका थिए । २०७४ सालमा आईजीपीमा खनाल नियुक्त हुनुअघि नेपालमा सशस्त्र प्रहरी बलको बिओपी ९बोर्डर आउट पोष्ट० जम्मा ८७ वटा मात्र थियो । खनालले देशको सीमाको रक्षा गर्न र सीमा अपराधहरु रोक्नका लागि बिओपी सङख्या बढाउनुपर्ने आवश्यकता देखे र सीमाहरुमा सशस्त्रको बिओपी खडा गरे । ८७ ओटा मात्रै बिओपी बाट सीमाको सुरक्षा गरेको सशस्त्रले अहिले २२७ ओटा बिओपी बाट सीमा सुरक्षा गर्दै आएको छ ।
‘देशलाई जोगाउन सबैभन्दा पहिला सीमा सुरक्षित हुनुपर्छ भनेर म आईजीपी नियुक्त हुनासाथ बिओपी बढाउने निर्णय गरे ।’ खनालले भने– ‘र ८७ ओटा मात्रै बिओपी रहेकोमा यसलाई बढाएर २२७ ओटा बिओपी बनाए । अहिले सशस्त्रले देशमा २२८ ओटा बिओपी मार्फत सीमा सुरक्षा गर्दै आएको छ ।’
खनालका अनुसार अहिले सशस्त्रले उत्तरी सीमाना चीनतर्फ ८ वटा र भारततर्फको सीमानामा २२० बिओपी मार्फत सीमानामा सुरक्षा दिएको सशस्त्र प्रहरी बल निवर्तमान महानिरीक्षक आईजिपी खनालले बताए । सशस्त्र प्रहरी बल, नेपालले दार्चुलाको छाङ्गरुदेखि ताप्लेजुङ्गको ओलाङचुङ्ग गोलाहुँदै केरलानाकाको छेउ नेचुङसम्म बिओपी खडा गरेर सीमाको सुरक्षा गरिरहेको छ ।
सशस्त्रले ४२०० मिटर उचाईको ओलाङचुङ्ग गोला चिसोमा बसेर होस् या केचना जस्तो नेपालको सबै भन्दा कम उचाईको भू–भाग, जहाँ जस्तोसुकै अवस्थामा पनि सशस्त्र प्रहरीले सीमाको रक्षा गरिरहेको छ । हाल भएका २२८ वटा बिओपी ।लाई बढाएर ५०० ओटा पु¥याउने खनालको योजना थियो । जुन उनको कार्यकालमा पुरा हुन सकेन । तर यस विषयलाई गृहमन्त्री र प्रधानमन्त्रीले पनि चासोको रुपमा लिएको खनालले बताए ।
खनालले ५७ वटा जिल्लामा मात्रै खुम्चिएको सशस्त्र प्रहरीलाई खनालले देशका ७७ ओटै जिल्लामा पुर्याए । अहिले सशस्त्र राष्ट्रव्यापी रुपमा सक्रिय छ । सीमा सुरक्षा सगैँ सीमाबाट हुने लागूऔषध तथा हातहतियार ओसार–पसार रोक्ने, महिला तथा बालबालिका ओसार–पसार रोक्नेदेखि लिएर देशको विकास गर्न पनि सीमा सुरक्षित हुनुपर्छ भन्ने मान्यता सहित विपत व्यवस्थापन, देशको आर्थिक, सामाजिक, औद्योगिक सुरक्षामा खनालको नेतृत्वमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भयो ।
खनालको कार्यकालमा सशस्त्रले भारतबाट अवैध रुपमा नेपाल भित्राएका करीब २ अर्व ५३ करोड मुल्य बराबरका सामान जफत गरि सरकारलाई बुझाएको छ । देशमा आपत परेका वेलामा तत्काल उघारका लागि पुग्ने र सिमा सुरक्षामा लगातार खटिईरहने सशस्त्र खनालको कार्यकालमा अझ प्रभावकारी बन्यो ।