logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उपराष्ट्रपति पुनको जोड

    समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उपराष्ट्रपति पुनको जोड

    4.6K
    Shares

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।

    उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पुर्‍याउँदै जानुपर्ने आवश्यक्ता पनि बोध गराए । अरनिकोलगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पारे । उनले ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पर्‍याउँदै आएको बताए ।

    उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend